Logo

मंगलवार, कार्तिक ११ गते २०८३

व्यवसायीले भन्ने अर्थमन्त्रीले आत्मघाती काम गरे आलु र प्याजमा भ्याट लगाएर

व्यवसायीले भन्ने अर्थमन्त्रीले आत्मघाती काम गरे आलु र प्याजमा भ्याट लगाएर

जोईन खबर

२९, जेठ २०८०
  • 688
    SHARES
  • व्यवसायीले भन्ने  अर्थमन्त्रीले आत्मघाती काम गरे आलु र प्याजमा भ्याट लगाएर

    २९ जेठ काठमाडौ । नेपालमा आलु र प्याजको कारोबार गर्ने व्यवसायीहरुले अर्थमन्त्री प्रकाशशरण महतले आलु र प्याजमा भ्याट लगाएर आत्मघाती कदम चालेको आरोप लगाएका छन् ।

    images

    सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल कृषिउपज आलु प्याज आयात निर्यात थोक बिक्री संघले आलु र प्याजमा भ्याट लगाउने अर्थमन्त्री डा. महतको घोषणा मुलुक, उपभोक्ता र सयौं व्यवसायीको विरुद्ध भएको जनाएको हो ।बजेटले व्यवसायमा परेको असरबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष मोहन बानियाँले भने, ‘आयातको विवरणको अंक मात्रै हेरेर विना अध्ययन गरिएको भ्याटको व्यवस्था अर्थमन्त्रीको आत्मघाती निर्णय हो । 

    images
    images
    images

    आलु र प्याज जस्तो हरेक पटकको खरिदमा १५ प्रतिशत नास हुने वस्तुमा अध्ययन विनै भ्याट लगाइँदा व्यवसायी पलायन हुने र यसले अनौपचारिक व्यवसाय गर्नेलाई प्रोत्साहन मिल्ने बानियाँको दाबी छ । ‘सरकारलाई वार्षिक करोडौं राजश्व तिर्नेलाई व्यवसायबाट हात धुने बनाएर सरकारको राजश्व बढ्छ की घट्छ ?’ उनले प्रश्न गरे, ‘यो गलत भइरहेको छ । उपभोक्ताबाट सरकारलाई भ्याट उठाउन समेत नसक्ने अवस्था हामीले बताए पछि उहाँहरुले बुझ्नु पर्दैन समस्या कहाँ छ ? अध्ययन गर्नु पर्दैन ?’ अध्यक्ष बानियाँले आलु र प्याजमा भ्याट लगाउने निर्णयबाट निसर्त पछाडि फर्कन अर्थमन्त्रीलाई आग्रह गरे ।

    कार्यक्रममा बोल्दै संघका महासचिव प्रकाश गजुरेलले सरकारले दैनिक उपभोग्य वस्तु आलु प्याजमा अनावश्यक बखेडा झिकेर बजार बिगारेको आरोप लगाए ।नियमित र व्यवस्थित कारोबार गरिरहेका व्यवसायीलाई हतोत्साहित बनाएर अनौपचारिक कारोबारलाई राज्यले प्रोत्साहन गरेको  हाे ।‘हामीले नियमित गरिरहेको काममा सरकारले भाँजो हाल्यो । लौन यसो नगरम् भन्दै व्यवसाय बचाउन हिँड्नुपरेको छ । अहिले बजारमा भएको अराजकताको जिम्मा सरकारले लिनुपर्छ ।

     

    प्रकाशित मिति :जेठ २९, २०८० सोमवार - १२:१९:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको