Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रधानमन्त्री दाहाल र नाउपाका संरक्षक रेशम चौधरीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र नाउपाका संरक्षक रेशम चौधरीबीच भेटवार्ता

जोईन खबर

२९, जेठ २०८०
  • 751
    SHARES
  • प्रधानमन्त्री  दाहाल  र   नाउपाका संरक्षक रेशम चौधरीबीच भेटवार्ता

    २९ जेठ काठमाडौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी  र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। चौधरीले सोमबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्। भेटवार्तामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ पनि सहभागी थिइन्।सुदूरपश्चिम प्रदेशमा पूर्वसहमतअनुसार दुई मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने भन्दै चौधरीले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए।

    images

    दुई मन्त्रालय नपाएपछि नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छैन।उनले अझै टीकापुर घटनामा निर्दोष थारुहरू जेलमा रहेको भन्दै रिहाइका लागि छिटाे गर्नुपर्ने चौधरीले बताएका छन् ।

    प्रकाशित मिति :जेठ २९, २०८० सोमवार - १६:५१:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको