Logo

बिहिवार, श्रावण १४ गते २०८३

सर्वोच्च अदालतमा प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री भट्टराईविरुद्धकाे रिटमाथि आज सुनुवाइ हुदै

सर्वोच्च अदालतमा प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री भट्टराईविरुद्धकाे रिटमाथि आज सुनुवाइ हुदै

जोईन खबर

३०, जेठ २०८०
  • 688
    SHARES
  • सर्वोच्च अदालतमा प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री  भट्टराईविरुद्धकाे  रिटमाथि आज सुनुवाइ  हुदै

    ३० जेठ काठमाडौ । सर्वोच्च अदालतमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईविरुद्धकाे  रिटमाथि आज सुनुवाइ हुँदैछ ।प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराई लगायतविरुद्ध आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो ।

    images

    पूर्व बालसेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्ट, बहिर्गमित जनमुक्ति सेनाकै संस्थापक संयोजक कृष्णप्रसाद दंगाल लगायतले प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईका अतिरिक्त गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग लगायतलाई विपक्षी बनाइ मुद्दा दायर गराएका हुन् ।

    प्रकाशित मिति :जेठ ३०, २०८० मंगलवार - ११:४०:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको