३० जेठ काठमाडौ । चर्चित गायक पशुपति शर्माले नेता बिग्रिएको भन्दै जनता जाग्नुपर्ने सन्देशसहित नयाँ गीत ल्याएका छन् ।तिम्रा नेता बिग्रिए, जाग जनता बोलको गीतको भिडिओ शर्माले आज मंगलबार मात्रै आफ्नै नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।आफ्नो शब्द रचना र स्वर रहेको गीतले दलहरुमाथि व्यंग्य कसेका छन् । उनले स्थानीय तहमा पनि राम्रो नेता चाहिएको सन्देश प्रवाह गरेका छन् ।