३१ जेठ काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले नयाँ नेकपासम्म पुग्नेगरी पहलकदमी लिइएको बताउनुभएको हो ।विचार राजनीतिमा व्यापक छलफल, ठुलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ । त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ’’ प्रधानमन्त्रीले भन्नुभयो, “नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो । त्यो आत्मसमर्पण र विसर्जनको बाटो थिएन ।
प्रचण्डले भन्नुभयो फेरि एकताका लागि पहल गर्नुपर्नेछ । समाजवादी मोर्चाको दस्ताबेज टुङ्गाएका छौँ । हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ । तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ । फेरि नेकपा बनाउने कोसिस भइरहेको छ। यसभित्र ठुलो अर्थ छ। जनताको ठुलो हिस्सालाई सङ्गठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न सकिँदैन, यसलाई सबैले गम्भीर रूपमा सोच्न जरुरी छ। देशका सच्चा वामपन्थी र कम्युनिस्टहरूबीच एकताका लागि व्यापक बहस चलाउँछौँ“ प्रधानमन्त्रीले भन्नुभयो।
हामीले किताबमा लेखेजस्तो होइन, आफ्नै जीवनको अनुभवका आधारमा क्रान्ति गर्यौँ । हाम्रो क्रान्ति विश्वमै मौलिक खालको छ’’ प्रधानमन्त्रीले भन्नुभयो, “लेनिनले क्रान्तिमा दुई कार्यनीतिको कुरा गर्नुभयो । तर उहाँले लेखेजस्तै दस्ताबेजमा भनिए जस्तो क्रान्ति भएन । मौलिक भयो। किताबमा लेखेजस्तो होइन, जीवनमा भोगे जस्तो क्रान्ति भयो । लेनिनले फेब्रुअरी क्रान्तिलाई पुँजीवादी क्रान्तिका रूपमा संश्लेषण गर्नुभयो । प्रशिक्षणमा नेपाल सरकारका सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारले गरेका कामबाट कार्यकर्ता र जनतामा उत्साह छाएको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी, नेताहरू दामा शर्मा, जोखबहादुर महरा लगायत उपस्थित हुनुहुन्थ्यो ।