Logo

बिहिवार, श्रावण १४ गते २०८३

पूर्व गृहमन्त्री खाँणका तर्फको भुटानी शरणार्थी प्रकरणकाे बहस जारी

पूर्व गृहमन्त्री खाँणका तर्फको भुटानी शरणार्थी प्रकरणकाे बहस जारी

जोईन खबर

३१, जेठ २०८०
  • 661
    SHARES
  • पूर्व गृहमन्त्री खाँणका तर्फको भुटानी शरणार्थी प्रकरणकाे  बहस जारी

    ३१ जेठ काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट बहस आज पनि जारी रहेको छ । खाँणको पक्षका कानुन व्यवसायीले मङ्गलवारदेखि बहस सुरु गरेकामा आज दोस्रो दिन पनि जारी रहेको हो ।पहिलो दिन उनका तर्फबाट १० कानुन व्यवसायीले बहस गरेकामा आज दोस्रो दिन वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित खम्म खाती, गोपीकृष्ण घिमिरे र सुरेन्द्र महतोले बहस गर्ने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

    images
    उनका अनुसार मङ्गलवार पूर्व गृहमन्त्री खाँणका तर्फबाट कानुन व्यवसायी शेरबहादुर केसी, हरिहर दाहाल, महादेव यादव, प्रेमबहादुर खड्का, पङ्कज कर्ण, लक्ष्मी थापा खड्का, यज्ञराज पोखरेल, अजय झा, नृसिंहकुमार खत्री र मणिराम उपाध्यायले बहस गरेका थिए । आज सुरुमा वरिष्ठ अधिवक्ता श्रेष्ठले बहस थालेका छन् । खाँणका तर्फबाट बहस गर्ने कानुन व्यवसायी धेरै भएकाले दुई दिन समय लागेको बताइएको छ ।

    काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी कानुन व्यवसायीको बहसपछि प्रतिवादीका तर्फबाट कानुन व्यवसायीले निरन्तर बहस गर्दै आएका छन् । जिल्ला न्यायाधीश न्यौपानेले आज बहस सकेर आदेश दिने गरी योजना बनाएको भए पनि अझै बहस नसकिएकाले थुनछेकको आदेश आउन ढिलाइ हुने सूचना अधिकारी दाहालले बताए ।

    तीन दिन सरकारी वकिल र उजुरीकर्ताका तर्फबाट बहस भएपछि प्रतिवादीका तर्फबाट वकिलहरूको बहस भइरहेको छ । उक्त घटनामा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ ।उनीहरुविरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको माग दाबीसहित मुद्दा दर्ता गरिएको थियो । 

    प्रकाशित मिति :जेठ ३१, २०८० बुधवार - १७:४३:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको