३२ जेठ काठमाडौ । बिहीबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद आलेले अघिल्लो वर्ष अर्थमन्त्रालयमा तार काट्ने मुसा यसपालि पशुपतिनाथमा छिरेर बहुमूल्य सम्पत्ति चोर्दासमेत पर्यटनमन्त्री र कोषका अध्यक्ष निदाएर बसेको बताए।
सांसद आलेले भने पर्यटनमन्त्रीले तार काट्ने मुसालाई नसमातेर उल्टै छानबिन समितिको संयोजक देवी बराललाई पुरस्कारस्वरूप सदस्यबाट हटाउने काम गरियो।उनले प्रतिवेदन लुकाएर चोरलाई संरक्षण गरिएको समेत बताए। ' संरक्षित चोरले बल पायो। ०८९ चैत १४ गते चोरी गर्यो। ०८० जेठ २९ गते तार काट्यो। त्यहाँबाट घ्याम्पे दानपेटिका हरायो। बहुमूल्य सम्पत्ति चोरिएको छ।
आलेले भने।गोठाटारको जग्गाको विषयलाई सत्यतथ्य ल्याउने सदस्यलाई हटाउन स्पष्टिकरण सोधिएको छउनले भने।सांसद आलेले संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले विगत ३ महिनामा नेपाल वायुसेवा निगमले ४ अर्ब नाफा कमायो भनेर झुठो बोलेको समेत बताए।
तीन महिनामा निगमले ४ अर्ब नाफा कमायो भनि पर्यटन मन्त्रीले सञ्चार माध्यममा झुटो बोलेको सुनियो। के हो यो ? आजको दिनमा जनतालाई भ्रम छर्न पाइँदैन। यो सदनमार्फत निगमको यथार्थ आर्थिक अवस्था कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको लाखौँ बचतकर्तालाई स्पष्ट जानकारी गराइयोस्,' उनले भने।कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषको ऋण तिरेर तीन वटा जहाज खरिद गर्ने विषयमा पनि कुनै सत्यता नभएको उनले बताए।