१असार काठमाडौ । बिहिबार बेलुकी बालेनले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभइ भारतमा समेत नसच्चिएसम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिइने बताएका थिए । दक्षिण भारतीय कलाकार प्रभास तथा बलिउड नायिका कृति सेनन र नायक सैफ अली खानकाे अभिनय रहेकाे चलचित्र 'आदिपुरुष' काे जानकी भारतीय छोरी हुन्' भन्ने डायलगकाे विराेध भइरहेकाले सुरक्षामाथि प्रश्न उठाउँदै बिहानीकाे शो रद्द गरिएको थियो।
भारतीय संचारमाध्यम टाइम्स अफ इन्डियाले बिहीबार राती एक समाचार प्रकाशित गर्दै उक्त संवाद हटाइएकाे बताएकाे थियाे । भारतीय संचारमाध्यमका अनुसार काठमाडाैं महानगरपालिकाका मेयर बालेनले कुनै पनि हिन्दी चलचित्र काठमाडाैंमा चल्न नदिइने चेतावनी दिएपछि सेन्सर बाेर्डले उक्त संवाद सच्चाएकाे हाे।ओम राउतकाे निर्देशनमा बनेकाे यस चलिचत्रमा प्रभास रामको भूमिकामा देखिएका छन् भने कृति सेनन सीता र सैफ अली खान रावणको भूमिकामा देखिएका छन्।