Logo

बिहिवार, श्रावण १४ गते २०८३

गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश विकासका लागी पार्टी र नेताहरू सच्चिनै पर्छ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश विकासका लागी पार्टी र नेताहरू सच्चिनै पर्छ

जोईन खबर

१, आषाढ २०८०
  • 736
    SHARES
  • गृहमन्त्री नारायणकाजी श्रेष्ठले  देश विकासका लागी पार्टी र नेताहरू सच्चिनै पर्छ

    १ असार काठमाडौ ।देश विकासका लागी पार्टी र नेताहरू सच्चिनै पर्ने  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । राजनीतिक पार्टी र नेताहरू नसच्चिएसम्म देश विकास सम्भव नभएको भन्दै उनले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताए।शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास हुन नसक्दा आम जनता निराश रहेको भन्दै जिम्मेवारीका साथ राजनीतिक दलहरूले आफ्नो कार्यभार निभाउनुपर्ने बताए।

    images

    गृहमन्त्री श्रेष्ठले देश बदल्नका लागि सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताहरुले नै आफूलाई सच्याउन जरुरी रहेको उल्लेख गरे। राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरू रूपान्तरण गरेर सामाजिक, आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र पार्नु आवश्यक रहेको बताए।अहिलेको हाम्रो मुख्य कार्यभार देशको विकास गर्नु हो। 

    प्रकाशित मिति :आषाढ १, २०८० शुक्रवार - १६:२४:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको