२ जेठ काठमाडाै । जिल्ला अदालत काठमाडौँको आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएका १६ अभियुक्तलाई केन्द्रीय कारागारका दुई छुट्टाछुट्टै भवनमा राखिएको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधका दुई पूर्व मन्त्रीसहित १६ अभियुक्तमध्ये ८ जनालाई केन्द्रीय कारागार भवनमा राखिएको छ ।
शुक्रबार जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेका १८ अभियुक्तमध्ये टङ्क गुरुङ र लक्ष्मी महर्जनलाई धरौटीमा छाड्न र बाँकी १६ जनालाई मुद्दाको किनारा नलागेसम्म थुनामा पठाउन आदेश दिएको थियो । ल