Logo

बिहिवार, श्रावण १४ गते २०८३

एमाले अध्यक्ष केपी शर्मा ओलीले कोसीबाहेकको बजेट पास गर्न लायक छैन

एमाले अध्यक्ष केपी शर्मा ओलीले कोसीबाहेकको बजेट पास गर्न लायक छैन

जोईन खबर

३, आषाढ २०८०
  • 670
    SHARES
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले  कोसीबाहेकको बजेट पास गर्न लायक छैन

    ३ असार काठमाडौ ।बैठकमा सबै प्रदेशका पार्टी संसदीय दलका नेताहरूले आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेश सरकारहरूले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटका विषयमा संक्षिप्त रिपोर्ट प्रस्तुत गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट र अन्य विषयमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे प्रदेश सभा सदस्यहरूलाई निर्देशन दिएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा ओलीले देशको बजेट सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्नेमा सरकारमा रहेका मानिसहरूको स्वार्थमा प्रेरित बनाइएको भन्दै आपत्ति प्रकट गरेका छन् । 

    images

    बजेट विनियोजन पैतृक सम्पत्तिजस्तो गरी मुख्यमन्त्री, अर्थमन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित गरेर बजेटको दुरुपयोग गर्नु आपत्तिजनक रहेको ओलीको भनाइ छ । पार्टी प्रचार विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्ति अनुसार अध्यक्ष ओलीले बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्न निर्देशन दिए ।अध्यक्ष ओलीले सातै प्रदेशको प्रस्तुति सुन्दा कोसी प्रदेशबाहेक बजेट यथास्थितिमा पास गर्न लायक नरहेको देखिन्छ भन्नुभयो,” विज्ञप्तिमा भनिएको छ । कोसीमा एमाले नेतृत्वको सरकार छ । 

    प्रकाशित मिति :आषाढ ३, २०८० आइतवार - १७:१७:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको