Logo

बिहिवार, श्रावण १४ गते २०८३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ऐतिहासिक राजकीय भ्रमणका लागि अमेरिका जादै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ऐतिहासिक राजकीय भ्रमणका लागि अमेरिका जादै

जोईन खबर

५, आषाढ २०८०
  • 715
    SHARES
  • भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदी  ऐतिहासिक राजकीय भ्रमणका लागि अमेरिका जादै

    ५ असार काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी  मङ्गलवार संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले ट्वीटमा लेखेका छन्, ‘अमेरिका प्रस्थान गर्दैछु, जहाँ म न्यूयोर्क सहर र वाशिङ्गटन डीसीमा हुने कार्यक्रमहरूमा सहभागी हुनेछु ।

    images

    प्रधानमन्त्री मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले भ्रमणको निमन्त्रणा दिनु भएको हो । भ्रमण न्युयोर्कमा सुरु हुनेछ जहाँ प्रधानमन्त्रीले जुन २१ मा संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने कार्यक्रमको नेतृत्व गर्नेहुनेछ ।

    प्रधानमन्त्री मोदी त्यसपछि वाशिङ्गटन डिसी प्रस्थान गर्नेछन् ।राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनले सोही दिन साँझ प्रधानमन्त्रीको सम्मानमा रात्रि भोजको आयोजना गर्नेछन् । 

     

    प्रकाशित मिति :आषाढ ५, २०८० मंगलवार - १७:२७:०६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको