Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेपछि बालेनले मुद्दा दायर

नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेपछि बालेनले मुद्दा दायर

जोईन खबर

७, आषाढ २०८०
  • 751
    SHARES
  • नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेपछि बालेनले मुद्दा दायर

    ७ असार काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह    लाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेपछि बालेनले मुद्दा दायर गरेका छन् । बालेनले बुधबार उच्च अदालत पाटनमा प्राधिकरणलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गरेका छन्।तार काटेको विषयमा प्राधिकरणले मेयर शाहलाई स्पष्टीकरण सोध्न नमिल्ने भन्दै उनले रिट हालेका हुन्। उच्च अदालतका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा उक्त रिट परेको छ।

    images

    नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई असार १ गते  प्राधिकरणले एक सूचना जारी गर्दै सात दिने स्पष्टिकरणको माग गरेको थियाे ।काठमाडौं महानगरपालिका वडा नं ९ स्थित विमानस्थलको जग्गामा प्राधिकरणले लगाएको फेन्सीङ्ग तारवार नगर प्रहरी उपरिक्षक राजु पाण्डे लगायतको टोलीले नक्सा पास नभएको भन्दै काट्नुका साथै निर्माण कार्ण रोक्न निर्देशन दिएको थियो । 

    नेपाल नागरिक उड्डयन प्राधिरकण ऐनको दफा २५९१० बमोजिम सजाय किन नगर्ने हो ? भन्दै मेयर बालेनलाई स्पष्टीकरण सोधेको बताएकाे थियाे ।उच्च अदालत पाटनमा मेयर बालेन विरूद्ध अर्को रिट हिजाे मात्र दायर गरिएकाे थियाे। 

     
     
     

    प्रकाशित मिति :आषाढ ७, २०८० बिहिवार - १६:२३:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको