Logo

बिहिवार, श्रावण १४ गते २०८३

सपना पनि एमालेकै नाममा भाषण गरेको देख्छु : समाजवादीका सचिव राई

सपना पनि एमालेकै नाममा भाषण गरेको देख्छु : समाजवादीका सचिव राई

जोईन खबर

१४, आषाढ २०८०
  • 730
    SHARES
  • सपना पनि एमालेकै नाममा भाषण गरेको देख्छु : समाजवादीका सचिव राई

    १४ असार काठमाडाै । एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले सपनामा पनि एमाले पार्टीकै नेताका रूपमा भाषण गरेको देख्ने बताएका छन्।बिहीबार मुख्यमन्त्री हिक्मत कार्कीको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले एमालेले निरन्तर पेलेकाले पार्टी नै छोड्नु परेकाले समर्थन गर्न नसकिने बताएका हुन्। 

    images

    हाम्रो समर्थन त त्यति खोज्दैन पनि एमालेले। हामीलाई त विश्वासको मतको समर्थन होइन घ्वाप्पै पार्टी मिलाउन मन लागेको छ। त्यो पार्टी हामीलाई छाड्न मन लागेकै थिएन। सपनामा पनि एमालेकै नाममा भाषण गरेको देखिन्छ। त्यही पार्टीकै झन्डा उठाएर उबेला ढुंगामुढा गरेको देखिन्छ।पूर्व मुख्यमन्त्रीसमेत रहेका एमालेले आफूहरूलाई निकालेर, खेदेर, पिना बनाएर, त्यसलाई पनि पेलेर तेल निकाल्न खोजेपछि निस्कनुको विकल्प नरहेको बताए।

    अदालतले फिर्ता बोलायो। चार जना छौं, यसो लुसुलुसु लागेर हिँड्दा गमक्क परेर बाटो छेकुँलाजस्तो व्यवहार छ। यो त सांकेतिक कुरामात्रै गरेको हो,’ उनले भने, ‘तर, कहिलेकाहीँ भोट चाहिएका बेला भोटे माया हरर्र जागेर आउँछ- हामी त एउटै पार्टीबाट छुटेको र भोलि पनि मिल्ने हो। यस्तो खालको कुरा आउँछ।उनले एउटै पार्टी बनाउँ, एउटै संसदीय दल बनाउँ बरू संसदीय दलको नेता तपाईं नै बन्नुहोस् भनेर समेत मुख्यमन्त्रीलाई प्रस्ताव गरे।

    प्रकाशित मिति :आषाढ १४, २०८० बिहिवार - १६:४१:०९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको