१९ असार काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भष्टाचारका ठूला फाइल केही दिनमै खोलिने बताएका छन्। माओवादीको युवा संगठन वाइसिएलको केन्द्रीय कार्यालयका नेता र इन्चार्जसँग सोमबार प्रचण्डले भ्रष्टाचारका अन्य फाइल पनि खोलिने बताएका हुन्।
प्रतिगामी र पुनरुत्थानवादीविरुद्ध अहिलेको सत्तारूढ गठबन्धन बनेको हो। सुशासन र समृद्धिको यात्रामा सरकार अगाडि बढेको छ। सरकार रहला नरहला चिन्ता छैन । भ्रष्टाचारका अरू फाइल पनि खुल्दै छन्न ।वाइसिएल अध्यक्ष सुबोध शेर्पालीले भने ।सुशासन र समृद्धिको यात्रामा युवाप्रति आफूले भरोसा गरेको प्रचण्डले बताएका छन् । अहिलेको गतिले नपुग्ने भन्दै उनले वाइसिएललाई युवा जोसमा सरकारको राम्रो कामको प्रचारमा लाग्न पनि उनले आग्रह गरे ।
माओवादीको युवा संगठन वाइसिएलको केन्द्रीय कार्यालयका नेता र इन्चार्जसँग प्रचण्ड करिब २ घन्टा खुलेर प्रस्तुत भएका थिए। उनले सरकारको काम, पार्टी निर्माण र युवाको भूमिकाबारे विस्तृत रूपमा बताएका थिए ।वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटाका अनुसार प्रचण्डले पार्टी एजेन्डाको रक्षा गर्नका लागि आफूले यसपटक प्रधानमन्त्रीमा जोड गरेको बताए। 'पार्टी विभाजन हुँदा हाम्रो एजेन्डामा अरूले अपनत्व लिए। भ्रष्टाचारी नै भ्रष्टाचारविरोधीजस्ता देखिन खोजे। नयाँ भनिएकाको पनि अवस्था देखियो।
हामी नयाँ ढंगले अगाडि बढ्नुको विकल्प छैन। जनताको अवस्था बदल्न, भ्रष्टाचार निवारण गर्न र सुशासन कायम गर्न । हामी हाम्रा एजेन्डा स्थापित गरिछाड्छौं । प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने 'देश र जनताको पक्षमा काम गर्दा संकटमा पुगे पनि ठीकै छ ।
यो समाचार नयाँ पत्रिका आएको छ।