Logo

मंगलवार, कार्तिक ११ गते २०८३

अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त संस्थाले लक्ष्य बिर्सनु हुँदैन

अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त संस्थाले लक्ष्य बिर्सनु हुँदैन

जोईन खबर

२५, आषाढ २०८०
  • 622
    SHARES
  • अर्थमन्त्री डा. प्रकाशशरण महतले  लघुवित्त संस्थाले लक्ष्य बिर्सनु हुँदैन

    २५ असार काठमाडाै । लघुवित्त संस्थाले लक्ष्य बिर्सन नहुने  अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्म समारोहमा बोल्दै मन्त्री डा. महतले भने, ‘मर्जरपछि यसको क्षमता र सेवा दिने लक्ष्य अझ घनिभूत हुने छ ।१२ लाख साना किसान परिवार सहकारीमार्फत् सेवा प्राप्त गरिरहेका छन् । यो ठूलो संख्या हो । ४५ अर्ब र सहकारी आफैले सञ्चालन गरेको स्थानीय वित्तीय श्रोतबाट ६७ अर्ब रुपैयाँ किसानलाई आवश्यक सेवा दिएको जानकारी प्राप्त भएको छ ।

    images

    ८० प्रतिशत यसमा महिला सहभागी हुनुहुन्छ, आदिवासी जनजातिको ३८ प्रतिशत, दलितको संख्या ११ प्रतिशत रहेको तथ्यांक सुनाउनु हुँदै मन्त्री डा. महतले भने, ‘समग्रमा जनसंख्याको जुन आकार छ, त्यो सबैलाई समेट्ने खालको छ, यो एकदमै खुशीको कुरा हो ।

    images
    images
    images

    ‘सरकारको गरिबी निवारणको लक्ष्य, सन् २०३० सम्म दीगो विकासको लक्ष्यमा पुग्ने सूचांकहरुमध्ये एउटा गरिबी हटाउने महत्वपूर्ण लक्ष्यलाई यो साना किसान लघु वित्तीय संस्थाले ठूलो भूमिका खेल्ने छ भन्ने मलाई विश्वास छ’ मन्त्री महतले भने, ‘वित्तीय संस्थामा समस्या देखिएको छ, सहकारी संस्था देशैभरि विस्तार भएको छ । स्थानीय सहभागी हुन्, त्यहीबाट सानोतिनो पूँजी जम्मा होस् र त्यहीका सञ्चालकहरु हुन् । सरोकारवालाकै नियन्त्रणमा संस्था हुन्छ भन्ने हाम्रो ठम्याइ हो ।

    मन्त्री महतका अनुसार साना किसानको जीवनस्तर उठाउनुपर्ने लघुवित्तको लक्ष्य हो । सरकारको पनि त्यही लक्ष्य हो, एउटा तहबाट अर्को तहमा जाँदा महँगो हुने भयो भनेर सरकारले संस्थागत संयन्त्र विकसित गरेको हो । कसरी थोरै ब्याजमा पूँजी प्रवाह गर्ने भन्ने विषय हाम्रा लागि चुनौति हो ।

    प्रकाशित मिति :आषाढ २५, २०८० सोमवार - १४:२४:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको