२५ असार काठमाडाै । प्रतिनिधि सभाको बैठकमा प्रष्टीकरण दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षीले माग्नेबित्तिकै राजीनामा दिनुपर्ने हो भनेर सोधेका छन्।
प्रधानमन्त्री प्रचण्डले अभिव्यक्तिबारे स्पष्टीकरणको मौका नदिई राजीनामा माग्नु नै लोकतन्त्र, संसदीय मान्यता हो त?उनले आफूले पुस्तक विमोचनका सन्दर्भमा बोलेका कुराबारे गम्भीर ढंगले प्रश्न उठेपछि त्यतिबेलै प्रष्टीकरण दिन चाहेको तर मौका नदिई संसद् अवरुद्ध गरिएको बताए।संसदमा सानाठूला प्रश्नको जवाफ दिँदै आएको छु।
संसद्मा उठेका प्रश्नको जवाफ दिनु मेरो जिम्मेवारी हो। पुस्तक विमोचनको अभिव्यक्तिप्रति प्रश्न उठ्ने बित्तिकै बोल्ने अवसरको निम्ति माग गरेको हुँ, यति गम्भीर प्रश्न उठिनै सकेपछि यथार्थ के हो भनेर स्पष्टीकरण दिने अवसर ठूलो कुरा थियो ।
उनले भने तर किन राजीनामा नै माग गरेर संसद अवरूद्ध गरियो आफूले बुझ्न नसकेको प्रधानमन्त्री प्रचण्डले बताए।के यही हो संसदीय मान्यता? यसबारे प्रमुख प्रतिपक्षले नबुझेको पनि छैन,’ उनले भने, ‘के प्रमुख प्रतिपक्षीले माग्नेबित्तिकै राजीनामा दिनुपर्ने हो? यो प्रतिवाद होइन, काउन्टर एट्याकको निम्ति पनि बोलिरहेको छैन। म स्पष्टीकरणकै निम्ति उभिएको छु।उनले गत असार १८ गते प्रितम सिंहले जेठी छोरी मृत्यु शय्यामा भएको बेला भनेको स्मरण मात्रै गरेको बताए।