Logo

बिहिवार, श्रावण १४ गते २०८३

धर्मपत्नीलाई श्रद्धाञ्जली, प्रचण्डको आँखामा थामिएन आँसु

धर्मपत्नीलाई श्रद्धाञ्जली, प्रचण्डको आँखामा थामिएन आँसु

जोईन खबर

२७, आषाढ २०८०
  • 790
    SHARES
  • धर्मपत्नीलाई श्रद्धाञ्जली, प्रचण्डको आँखामा थामिएन आँसु

    २७ असार काठाडौ  ।नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी एवं पार्टी सल्लाहकार सदस्य सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । कार्यालयको प्राङ्गणमा आयोजित शोकसभामा उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको पार्थिव शरिरमा प्रधानमन्त्री दाहालले पार्टीको झण्डासमेत ओढाए । सो क्रममा प्रचण्डका आँखाबाट आसु झरिरहेको थियो ।  

    images

     

    8 copy.jpgउपस्थित अन्यले पनि श्रद्धाञ्जली अपर्ण गर्दै एक मिनेट मौन धारणा गरेका थिए ।शोकसभामा नेकपा ९माओवादी केन्द्र०का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा९एकीकृत समाजवादी०का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख अग्नि सापकोटा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपालका लागि चिनियाँ राजदूत छनसोङलगायतले श्रद्धाञ्जली अपर्ण गरेका छन् ।  9 copy.jpg

    प्रकाशित मिति :आषाढ २७, २०८० बुधवार - १४:०५:०० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको