Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नीलाई दागबत्ती दिए

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नीलाई दागबत्ती दिए

जोईन खबर

२७, आषाढ २०८०
  • 817
    SHARES
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नीलाई दागबत्ती दिए

    २७ असार काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीतालाई दागबत्ती दिएका छन्।प्रधानमन्त्री प्रचण्डले बुधबार पशुपति आर्यघाटमा पत्नी सीतालाई दागबत्ती दिएका हुन्। ६ वर्षअघि पशुपति आर्यघाटमा छोरा प्रकाशलाई पनि दागबत्ती दिएका थिए। दाहसंस्कारअघि सीताको शव पशुपतिको ब्रह्मनालमा राखिएको थियो।ब्रह्मनालमा प्रधानमन्त्री प्रचण्डसहित उनका छोरी रेणु, गङ्गा, बुहारी सिर्जना त्रिपाठी र बिना मगरले श्रद्धाञ्जली दिएका थिए। त्यस्तै नाती, नातिनीहरूले पनि सीतालाई श्रद्धाञ्जली अर्पण गरेका थिए।

    images

    आज बिहान ८ः३३ बजे निधन भएकी सीताको शव श्रद्धाञ्जलीका लागि ११ बजेदेखि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको थियो।प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन राजनीतिक दलका शीर्ष नेता, सरकारी अधिकारीहरू पेरिस डाँडा पुगेका थिए।दुर्लभ र जटिल प्रकारको नसासम्बन्धी रोगबाट गुज्रिएकी सीता दुई वर्षयता प्रतिक्रियाविहीन थिइन्। 

    प्रकाशित मिति :आषाढ २७, २०८० बुधवार - १६:०६:४९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको