Logo

बिहिवार, श्रावण १४ गते २०८३

गृहमन्त्ती नारायणकाजी श्रेष्ठकाे मिटरब्याज पीडितले राजीनामा मागे

गृहमन्त्ती नारायणकाजी श्रेष्ठकाे मिटरब्याज पीडितले राजीनामा मागे

जोईन खबर

२, श्रावण २०८०
  • 841
    SHARES
  • गृहमन्त्ती नारायणकाजी श्रेष्ठकाे  मिटरब्याज पीडितले राजीनामा मागे

     २ साउन काठमाडाै ।  उपप्रधानमन्त्री तथा गृहमन्त्ती नारायणकाजी श्रेष्ठको मिटरब्याज पीडितले राजीनामा माग गरेको हुन  । मंगलबार मिटरब्याज तथा किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गरेको थियो ।

    images

    गृहमन्त्रीको राजीनामा मागे सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै मुलुकी ऐन संशोधनसमेत गरिसकेको छ । समितिका प्रवक्ता नीर्ग नवीनले मिटरब्याजसम्बन्धी संसदले पारित गरेको कानुनका केही विषय पीडितको पक्षमा नभएको र यसमा गृहमन्त्रीको भूमिका रहेकाले राजीनामा माग गरेको बताए ।

    आइतबार प्रतिनिधिसभाबाट पारित मिटरब्याजसम्बन्धी कानुनमा लिखतहरु ऋणी र महाजन दुबै पक्ष गई स्थानीय तहमा दर्ता गर्नुपर्ने भन्ने उल्लेख थियो ।मिटरब्याज पीडितको जग्गा हक हस्तान्तरण बदर हुने व्यवस्था अध्यादेशमा रहेकामा अहिले त्यसलाई हिसाब गरेर भन्ने शब्द थपिएको उनले बताए । ‘यसरी अहिलेको कानुनमा धेरै लुपहोलहरु छाडिएको छ’ प्रवक्ता नवीनले भने ।

    mitr1.jpg

    प्रकाशित मिति :श्रावण २, २०८० मंगलवार - १७:१२:४५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको