Logo

बिहिवार, श्रावण १४ गते २०८३

पार्टीका केन्द्रीय सदस्यलाई एक महिना पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस

पार्टीका केन्द्रीय सदस्यलाई एक महिना पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस

जोईन खबर

२, श्रावण २०८०
  • 721
    SHARES
  • पार्टीका केन्द्रीय सदस्यलाई एक महिना पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस

    २ साउन काठमाडाै ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका केन्द्रीय सदस्यलाई एक महिना पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस भएको छ। मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा साङ्गठनिक तालिका प्रस्तुत गर्नुहुँदै महामन्त्री गगनकुमार थापाले केन्द्रीय सदस्यलाई असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस गर्नुभएको हो। 

    images

    उहाँले अरू ११ महिना नै पार्टी नेता तथा कार्यकर्ता पार्टी काममा लाग्नुपर्ने तालिका पेस गर्नुभएको छ। असार महिना किसानको महिना र खेतीको समय भएको भन्दै उहाँले पार्टी नेता, कार्यकर्ताले सो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताउनुभयो। त्यस्तै आइपर्न सक्ने प्राकृतिक विपद्हरूको सामना गर्नका लागि पनि पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने उहाँको भनाइ छ। 

    महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागको गठन गरिसक्ने र पूर्णता दिइसक्ने कार्ययोजना पेस गर्नुभएको छ। त्यस्तै समितिले पनि भदौ १५ गतेसम्ममा पूर्णता पाउने प्रस्ताव छ। आगामी एक वर्ष भित्रमा सात लाख नयाँ पार्टी सदस्य बनाउने गरी ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान सञ्चालन गरिने पनि उल्लेख गरिएको छ। 

    महामन्त्री थापाले भन्नुभयो, ‘‘प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र अन्तर्गतका कार्यक्रम बनाएर कार्यतालिका सहितको वार्षिक योजना भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेस गर्ने र विधानको नियमावलीको ४७ (ख) बमोजिम वर्षभरको गतिविधिको प्रगति विवरण ६÷६ महिनामा केन्द्रीय कार्यसमितिमा बुझाउनुपर्ने । समितिले पूर्णता पाउन सकेका छैनन् । 

     

    प्रकाशित मिति :श्रावण २, २०८० मंगलवार - १७:५२:०० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको