२ साउन काठमाडाै । काठमाडौं महानगरपालिकालाइ चलचित्रको पोष्टर टाँसेकाे भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हाे।महानगरपालिकाले नेपाली चलचित्र ‘वगान’बाट ५० हजार रूपैयाँ जरिवाना स्वरूप लिएकाे हाे ।
चलचित्र बगानका निर्माता सुरेश वाग्लेले मंगलबार सामाजिक संजालमा जरिवाना तिरेकाे बिलकाे तस्बिर राख्दै साे जानकारी दिएका हुन् । जथाभावी पाेष्टर टाँसेर भन्दै पाेष्टर टाँसेर प्रदूषण गरेको भन्दै नगरपालिकाले बगानका वितरकलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाई महानगरले प्रशासनिक दण्ड जरिवाना र जफत अन्तर्गत दृष्य प्रदूषण तथा फोहोरमैला गरेको बापत जरिवाना लिएकाे हाे ।