Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेकपा एमालेले पार्टीको सदस्य सङ्ख्या नघटेको दाबी

नेकपा एमालेले पार्टीको सदस्य सङ्ख्या नघटेको दाबी

जोईन खबर

४, श्रावण २०८०
  • 775
    SHARES
  • नेकपा  एमालेले पार्टीको सदस्य सङ्ख्या नघटेको  दाबी

    ४ साउन काठमाडाै । नेकपा एमालेले पार्टीमा रहेका सङ्गठित सदस्यहरूको सङ्ख्या नघटेको दाबी गरेको छ । एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गरेका हुन् । नेकपा (एमाले) को सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन”, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    images

    एमालेले दशौँ महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउने क्रममा अहिले वास्तविक पार्टी सदस्य सङ्ख्या रहेको स्पष्ट पारे । एमालेले महाधिवेशनको आयोजना नभएको समयमा अहिले सक्रिय सदस्यको यथार्थ सङ्ख्या र योग्यतम सदस्यको मात्र नवीकरण गरिएको उनले बताएका छन् ।

     दशौँ महाधिवेशनमा कायम भएका सदस्यमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यको नाम यथावत् कायम थियो भने अर्कोतिर नेकपाकालमा अनुचित ढङ्गले दिइएका सदस्यको ठूलो सङ्ख्या पनि त्यसमा पर्न गएको थियो । विसं २०७१ मा सम्पन्न भएको नवौँ महाधिवेशनमा दुई लाख ५६ हजार सात सय ७२ जना मात्रै पार्टी सदस्य थिए ।सङ्गठन विभाग प्रमुख अधिकारीले एमालेले यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यको सदस्यता नवीकरण हुने गरेको र जसले गर्दा निष्क्रिय सदस्यले पनि नवीकरण गर्ने अवसर पाउने गरेको उल्लेख गरेका छन् ।

     

     

    प्रकाशित मिति :श्रावण ४, २०८० बिहिवार - १७:३५:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको