९ साउन काठमाडाै ।नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच इटालीमा हिजाे भेटवार्ता भएको हाे । संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनको साइडलाइनमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो । नेपालकाे प्रधानमन्त्री सचिवालयका अनुसार भेटवार्तामा दुई देशको सम्बन्ध र आपसी सहकार्यको विषयमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड शनिबार सम्मेलनमा भाग लिन इटाली पुगेका हुन् ।
सोमबार अतिकम विकसित राष्ट्रहरूको समूह (एलडीसी) को अध्यक्षका हैसियतमा प्रधानमन्त्री प्रचण्डले सम्मलेनलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोएसिया, पोर्चुगल, अस्ट्रिया र आयरल्याण्डका प्रतिनिधिहरूसँग भेट गरेका थिए ।सोमबार नै उनले सात देशमा रहेका नेपाली प्रतिनिधिहरूलाई भेटेका थिए ।