Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रधानमन्त्री प्रचण्डले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै लड्नुपर्छ

प्रधानमन्त्री प्रचण्डले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै लड्नुपर्छ

जोईन खबर

९, श्रावण २०८०
  • 793
    SHARES
  • प्रधानमन्त्री प्रचण्डले  भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै लड्नुपर्छ

    ९ साउन काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘युनाटेड नेसन्स् फुड सिस्टम-२०२३ स्टकिङ मोमेन्ट’लाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने  दिगो भविष्यका लागि मार्गप्रशस्त गर्न आधुनिक खाद्य प्रणाली कमजोर साबित भएकाले त्यसमा सुधार ल्याउनु जरुरी रहेको उल्लेख गरे।

    images

    जैविक विविधतालाई क्षीण बनाएको,असमानता बढाएको असमान उत्पादन र उपभोगलाई मात्रै प्रश्रय दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। जलवायु परिवर्तनमा प्रभाव पारेको र परम्परागत अभ्यासलाई खण्डित गरेको उनले बताए।खाद्य प्रणालीका कारण नसर्ने रोगको वृद्धिले जनस्वास्थ्यमा नकारात्मक प्रभाव परेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, ‘खाद्य प्रणालीमा हामीले गर्ने परिवर्तनले मात्रै यस्ता विविध चुनौतीलाई सम्बोधन गर्न सकिन्छ।

    प्रधानमन्त्री प्रचण्डले खाद्य प्रणालीमा ल्याइने परिवर्तनले मात्रै जीविकोपार्जनमा सुधारआर्थिक विकासमा बढावा दिई गुणस्तरीय जीवनयापनका लागि योगदान गर्न सकिने स्पष्ट पारे।स्वास्थ्य,कृषि, खाद्य सुरक्षा र पोषणमा खाद्य सुशासन र नीतिमा तादम्यता ल्याउनका लागि सो व्यवस्था एक महत्त्वपूर्ण साधन भएको प्रधानमन्त्रीको भनाइ छ।

    प्रकाशित मिति :श्रावण ९, २०८० मंगलवार - १७:३१:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको