१५ साउन काठमाडाै । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी ओली शर्मा बिच प्रतिनिधिसभा बैठक जारी अवरोध हटाउन पहल अघि बढाउनकाे लागि भेटर्वात भएकाे हाे । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष केपी ओली शर्मालाई बालुवाटार बोलाएर प्रतिनिधिसभाको जारी अवरोध हटाउने विषयमा छलफल थालेका हुन् ।त्रिभुवन विमानस्थलबाट भन्सार पास बाट सुन बरामद भए पछि सुनमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको संलग्नता रहेको एमालेले आरोप लगाउँदै प्रतिपक्षी दलहरूले उक्त प्रकरणको निष्पक्ष छानविनको मागका गर्दै श्रेष्ठ र महतको राजीनामा माग गरी एमाले साउन १० गतेको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको थियो ।आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक पनि अवरोध गर्ने एमाले तयारी रहेपछि प्रधानमन्त्री दाहालले त्यस विषयमा छलफल गर्न ओलीलाई बालुवाटार बोलाएका हुन् ।