Logo

बिहिवार, श्रावण १४ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमालेका सांसद टोपबहादुर रायमाझी आज बाट निलम्बन हुने जानकारी गराइने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमालेका सांसद टोपबहादुर रायमाझी आज बाट निलम्बन हुने जानकारी गराइने

जोईन खबर

१६, श्रावण २०८०
  • 742
    SHARES
  • नक्कली भुटानी शरणार्थी  प्रकरणमा  पक्राउ परेका  एमालेका सांसद टोपबहादुर रायमाझी आज बाट निलम्बन  हुने जानकारी गराइने

    १६ साउन काठमाडाैँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी  बनाएर  नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी आज संसद्लाई गराइने भएको छ । नेपालीलाई नक्कली भुटानी बनाएर शरणार्थी बनाउने प्रकरणमा रायमाझी असार १ गते पुर्पक्षका लागि थुनामा पठाइएका थिए ।

    images

    २०७९ को नियम २४८ को उपनियम ३ को व्यवस्थाअनुसार उनी त्यतिबेलै निलम्बित भए पनि आज संसद्लाई जानकारी गराइन लागिएको हो ।सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

    आजकै बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीको कार्यावधि थपको प्रस्ताव पनि गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेलाई बोलाइएको थियो । तर, एक घन्टा बित्न लाग्दा पनि अझै पनि सुरू भएको छैन ।एमालेले आजको बैठक पनि अवरोधको तयारी गरेको छ । उसले सुन काण्डमा उच्चस्तरीय छानबिन समितिको माग राख्ने संसद् अवरोध गर्दै आइरहेको छ । 

    प्रकाशित मिति :श्रावण १६, २०८० मंगलवार - १५:३८:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको