१७ साउन काठमाडाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सङ्गठन सुदृढीकरणका तीन महिने अभियान ल्याउने प्रस्ताव राखेकाे छन् । साउन १७ बुधबार बाट कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमा तीन महिने अभियान सञ्चालनको प्रस्ताव गरिएको छ। यही अाउदाे भदौ, असोज र कात्तिकमा सङ्गठन सुदृढीकरण अभियान चलाउन उनले अध्यक्ष प्रचण्डले बताउनु भयाे ।
यो अभियान केन्द्रमा मात्र नभएर वडा तहसम्म पुराउने उनकाे भनाइ छ । नेकपा माओवादी केन्द्र ६ हजार ७ सय ४३ वडा कमिटी तयार पारेर अभियान सञ्चालन गरिने पनि उनले बताएका छन्। अहिले भइरहेएकाे ठूलाे बरामदमा सुन तस्कारी, भुटानी शरणार्थी प्रकरण, ललिता निवास जस्ता भष्टचारीकाे पनि अब छिटाे नै छानबिन र अनुसन्धान हुने बताए ।