२० साउन काठमाडाै । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले,शनिवार काठमाडौँको इन्द्रायणीमा आयोजित एक कार्यक्रममा उनले यही गणतन्त्र, यही धर्म निरपेक्षता र सङ्घीयताको बाटोले देशलाई दुर्घटनामा यो राजनीतिक प्रणालीले देशलाई दुर्घटनामा लैजाने टिप्पणी गरेका छन् ।काम नगरी राप्रपाको नेता हुने सुविधा र छुट कसैलाई नभएको भन्दै उनले राप्रपामा पनि परिवर्तन जरुरी रहेको बताए ।
किन भने नेपालको राजनीतिमा दुई वटा कित्ताहरु छ एउटा गणतन्त्र यही धर्म निरपेक्षता सङ्घीयता र त्यसले अभिलम्बन गरेको बाटो ठिक छ र अहिले जे भईराखेको छ त्यसैबाट देशलाई अगाडि लैजानुपर्छ भन्ने एउटा कित्ता छ। त्यो बाटोले देशलाई निकास दिँदैन मात्र होइन देशलाई दुर्घटनामा पुराउने उनकाे भनाइ छ।