Logo

बिहिवार, श्रावण १४ गते २०८३

चार राजनीतिक दलका सभापतिको निर्वाचन भदौ ११ गते गर्दै

चार राजनीतिक दलका सभापतिको निर्वाचन भदौ ११ गते गर्दै

जोईन खबर

७, भाद्र २०८०
  • 781
    SHARES
  • चार राजनीतिक दलका  सभापतिको निर्वाचन भदौ ११ गते  गर्दै

    ७ भदाै काठमाडाैँ । बिहीवार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो। 

    images

    ११ गते सबै १० वटा विषयगत समितिको सभापतिहरुको निर्वाचन हुनेछ । १० गते सभापतिको उम्मेदवार चयन प्रक्रिया आरम्भ हुनेछ । यसरी अब प्रतिनिधि सभाका विषयगत समितिका सबै समितिले नेतृत्व पाउने कुराको सुनिश्चितता भएको छ । 

    बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डे, नेकपा(एमाले)का सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधि सभाका महासचिव भरतराज गौतमको उपस्थिति रहेको थियो।

    प्रकाशित मिति :भाद्र ७, २०८० बिहिवार - १५:४१:२२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको