Logo

बुधवार, श्रावण १३ गते २०८३

गण्डकी गाउँपालिकाले राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन

गण्डकी गाउँपालिकाले राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन

जोईन खबर

२०, भाद्र २०८०
  • 832
    SHARES
  • गण्डकी गाउँपालिकाले राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन

    गण्डकी गाउँपालिकाले पालिकाभित्रका शिक्षकलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । पालिकाभित्र हुने गरेका राजनीतिक कार्यक्रममा शिक्षकको सक्रिय सहभागिता रहेको फोटो तथा भिडियो सामाजिक सञ्जालबाट बाहिरिएपछि गाउँपालिकाले सार्वजनिक सूचनामार्फत राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन दिएको हो ।

    images

    gandaki gaupalika.jpg

    शिक्षा नियमावली २०५९ तथा शिक्षक आचारसंहिताले शिक्षक तथा निजामती सेवा नियमावली २०५० ले निजामती कर्मचारी कुनै प्रकारको राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था गरेको छु, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले भने, त्यसले कोही पनि राजनीति कार्यक्रममा सहभागी हुन पाइदैन् । गाउँपालिकाको निर्देशन उल्लङ्घन गरी राजनीतिक कार्यक्रममा सहभागी भएको पाइएमा विभागीय सजाय हुन्छ ।

    प्रकाशित मिति :भाद्र २०, २०८० बुधवार - २०:०७:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको