Logo

शुक्रवार, भाद्र २६ गते २०८३

नयाँ सीता टेलिसिरियल हिजो देखि सार्वजानिक

नयाँ सीता टेलिसिरियल हिजो देखि सार्वजानिक

जोईन खबर

१०, आश्विन २०८०
  • 1.2K
    SHARES
  • नयाँ  सीता टेलिसिरियल हिजो देखि सार्वजानिक

    १० असाेज काठमाडाैँ । नयाँ अहिले बनेकाे  टेलिसिरियलमा  घरेलु हिंसाको विषयवस्तु उठान गरी पारिवारिक टेलिसिरियल 'सीता'को प्रसारण सुरु हिजाे मंगलबार बाट  भएको छ। सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण सुरु हुने भएको हो।

    images

    यसका साथै हरेक मंगलबार राती ८ बजे टेलिभिजनबाट प्रसारण हुने सिरियल आरटि इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत आफुले चाहेको समयमा हेर्न सकिनेछ। गरिबिको पिडा, महिला माथिको विभेद, शिक्षाबाट बञ्चित चेलिको अवस्था र सामाजिक समस्याहरुलाई सिरियलमा मुख्य रुपमा उठान गरिएको छ ।

    सिता नाम दिएर सिरियलमा विम्बको रुपमा प्रस्तुत गरिएको छ । सिताको भूमिकामा सुनिसा बजगाईँले सशक्त अभिनय गरेकि छिन् । त्यस्तै लेखक तथा निर्देशक सहिन प्रजापतिको अभिनय पनि हेर्न सकिन्छ । त्यस्तै बालकृष्ण ओलिले सिताको जड्याहा श्रीमानको भूमिका निभाएका छन् । त्यस्तै राजु भुजु, सविता गुरुङ, तारा केसि, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्य लगायतको मुख्य भुमिका खेलेकाे देख्न सकिन्छ ।

    https://youtu.be/aT1DwoeTayc

    प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - १२:२१:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको