काठमाडौं । दिपेन्द्र के खनाल निर्देशित फिल्म "पशुपति प्रसाद २: भष्मे डन" को ट्रेलर सार्वजनिक भएको छ। सोमबार ललिपुरस्थित लाबिम मलमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा सात वर्षपछि विपीन कार्की "भष्मे डन" को जीवनमा आउने उतारचढाबलाई देखाइने छ।
टुकी आर्टस् ब्यानरमा निर्माण भएको फिल्ममा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, सजन थापा मगर, प्रकाश दाहाल, विशु पौडेल, माओत्से गुरुङ, लोकेन्द्र लेखक, विशाल पहारी, घनश्याम जोशीलगायत कलाकारको अभिनय छ ।
(भिडिओ)
फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन्। फिल्मको निर्माता पनि खगेन्द्र स्वयम् हुन्।