१४ मंसिर काठमाडाैँ । ‘परदेशी २’ प्रकाश सपुत र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म बिहीबारदेखि कतार र इराकमा रिलिज हुने भएकाे छ ।
नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले ती मुलुकमा प्रदर्शनमा ल्याएको हो । याे भन्दा पहिला यूएई, ओमान र बहरानमा प्रदर्शन भइसकेको छ । सेभेन सिजका मध्यपूर्व वितरक रमेश ढकालका अनुसार इराकमा दुई र कतारका सात हलमा फिल्म रिलिज भएको हो ।
यसअघि मध्यपूर्वका केही मुलुकमा राम्रै चलिरहेको फिल्मलाई इराक र कतारमा लगाएका छौं,’ ढकालले भने । नेपाली फिल्मका लागि इराक नयाँ बजार हो ।दशैं छेकोमा नेपालमा रिलिज भएको नारायण रायमाझी निर्देशित फिल्मले घरमा राम्रै कमाइ गरेको थियो ।