Logo

बुधवार, श्रावण १३ गते २०८३

एमालेको मध्यपहाडी संकल्पयात्राको अन्तिम दिन नेताहरु हेलिकप्टर लिएर पुगे

एमालेको मध्यपहाडी संकल्पयात्राको अन्तिम दिन नेताहरु हेलिकप्टर लिएर पुगे

जोईन खबर

१, पौष २०८०
  • 796
    SHARES
  • एमालेको मध्यपहाडी संकल्पयात्राको अन्तिम दिन  नेताहरु हेलिकप्टर  लिएर पुगे

     १ पाैष काठमाडाैँ । नेकपा एमालेको झुलाघाट-चिवाभन्ज्याङ मध्यपहाडी संकल्पयात्राको अन्तिम दिन अध्यक्ष केपी शर्मा ओली र एमाले शीर्षस्थ नेताहरू हेलिकप्टर प्रयोग गरेर कार्यक्रममा पुगेका छन् ।

    images

    संकल्पयात्राभरि गाडी प्रयोग गरेका ओली र नेताले अन्तिम दिन हेलिकप्टरमा उडेका हुन् ।पाँचथर सदरमुकामबाट उत्तरी सीमास्थित चिवाभन्ज्याङ पुग्ने क्रममा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताले हेलिकप्टर प्रयोग गरेका हुन् ।

    पहिलो खेप वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायत नेता चिवाभन्ज्याङ पुगे ।दोस्रो खेपमा ओली र महासचिव पोखरेल उडेको स्थानीय सन्चारकर्मी दिपक बोहराले जानकारी दिए ।

     

    प्रकाशित मिति :पौष १, २०८० आइतवार - १३:०५:२२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको