Logo

मंगलवार, कार्तिक ११ गते २०८३

दुवै खुट्टा गुमाएर पनि सगरमाथाको आधा शिविरसम्म पुगेका पूर्व गोरखा सैनिक बुढा भन्छन्, ‘सरकारसँग जोडिन पाए धेरै पर्यटक ल्याउथे’

दुवै खुट्टा गुमाएर पनि सगरमाथाको आधा शिविरसम्म पुगेका पूर्व गोरखा सैनिक बुढा भन्छन्, ‘सरकारसँग जोडिन पाए धेरै पर्यटक ल्याउथे’

जोईन खबर

२०, चैत्र २०७९
  • 727
    SHARES
  • दुवै खुट्टा गुमाएर पनि सगरमाथाको आधा शिविरसम्म पुगेका पूर्व गोरखा सैनिक बुढा भन्छन्, ‘सरकारसँग जोडिन पाए धेरै पर्यटक ल्याउथे’

    २० चैत काठमाडौ ।दुवै खुट्टा गुमाएर पनि सगरमाथाको आधा शिविरसम्म पुगेका पूर्व गोरखा सैनिक हरि बुढा मगरले पर्यटन प्रवर्द्धनका लागि सरकासँग जोडिन पाए धेरै भन्दा धेरै विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने बताएका छन् ।

    images

    शारीरिक अशक्त रहेका उनी बुधवार काठमाडौंबाट सगरमाथा आरोहणका लागि सगरमाथा क्याम्पतिर प्रस्थान गर्दै छन् । उनले सगरमाथा आरोहण आफैँमा चुनौतिको विषय भएको बताउँदै आफूले सफल आरोहण गर्ने विश्वास व्यक्त गरे ।

    images
    images
    images

    _105334918_img_0461-copy.jpg

    उनी कृतिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । कृतिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ’स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति समेत हुन् । उनले आफ्नो काममा अहिले १६ जना नेपालीहरुलाई रोजगारीको अवसर दिएकोमा गर्व लागेको बताए ।

    सन् २०१० मा अफगानिस्तानको लडाईंमा उनले दुवै खुट्टा गुमाएका थिए । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन । बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन् ।

    उनले २०१७ मा मेरा चुचुरो आरोहण गरेका थिए र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बने । उनको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन १९७९ मा भएको हो । यसअघि पनि उनी सगरमाथाको आधारशिविरसम्म पुगिसकेका छन् ।

    प्रकाशित मिति :चैत्र २०, २०७९ सोमवार - १३:४९:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको