Logo

मंगलवार, कार्तिक ११ गते २०८३

कुमारी क्यापिटलले लगानी योजनाको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

कुमारी क्यापिटलले लगानी योजनाको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

जोईन खबर

२३, चैत्र २०७९
  • 733
    SHARES
  • कुमारी क्यापिटलले  लगानी योजनाको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

    २३ चैत काठमाडौ ।कुमारी क्यापिटलले चैत ९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कुमारी सुनौलो लगानी योजनाको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ।

    images

    क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गरेको हो। सोमध्ये हाल ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई सार्वजनिक निष्काशनमार्फत बिक्री गरेको हो भने बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीका लागि खुल्ला गरिने क्यापिटलले जनाएको छ।

    images
    images
    images

    370749d8ec5956e0e064e200565a7fa41679884397.webp

    कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यस योजना एक खुलामुखि योजना हो। योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ भने प्रारम्भिक आकार ५० करोड रुपैयाँ रहेको छ। यस निष्काशनमा न्यूनतम ५० प्रतिशत अर्थात २ करोड ५० लाख इकाई बिक्री हुनु पर्नेछ। सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ। निष्काशन अवधिभरीमा ५० करोड रुपैयाँ बराबरको आवेदन नपरेमा बाँडफाँट भएपश्चात बाँकी रहेको इकाईलाई पनि एसआईपी मार्फत बिक्री गरिने क्यापिटलले जनाएको छ।

    पहिलो चरणको निष्काशन तथा बाँडफाँट सम्पन्न भएको मितिले तीन महिनाभित्र यो योजनाको इकाई निरन्तर निष्काशन तथा बिक्रीको लागि खुला हुनेछ। योजना व्यवस्थापक आफै वा सामूहिक लगानी कोष निर्देशिका, २०६९ को दफा १६ बमोजिम वितरकका रुपमा तोकिएको कुनै बैंक तथा वित्तीय संस्थाहरु वा मर्चेन्ट बैंकरहरुबाट दैनिक रुपमा खरिद बिक्री गर्न सकिनेछ।

    योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

    म्युचुअल फण्ड निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालिटी ३ (एएमसी३) रेटिङ्ग प्रदान गरेको छ। यसले क्यापिटलको व्यवस्थापन गुणता पर्याप्त मात्रमा आश्वस्थ हुन सकिने संकेत गर्दछ। 

    प्रकाशित मिति :चैत्र २३, २०७९ बिहिवार - १२:३९:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको