Logo

बिहिवार, श्रावण १४ गते २०८३

एक घण्टामा पाँच प्रतिशत मतदान भयो!!!

एक घण्टामा पाँच प्रतिशत मतदान भयो!!!

जोईन खबर

१०, बैशाख २०८०
  • 706
    SHARES
  • एक घण्टामा पाँच प्रतिशत मतदान भयो!!!

    १० बैशाख काठमाडौ। बारा क्षेत्र - २ मा उपनिर्वाचन सुरु आज  बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। बारा–२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।

    images

    गर्भवती, अशक्त, ज्येष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उहाँहरूलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने व्यवस्था मिलाइएको छ । बारा निर्वाचन क्षेत्र नं २ मा दुई हजार छ सय पाँच सुरक्षाकर्मी परिचालन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिनुभयो ।

    महागढी र पचरौता नगरपालिका, करैयामाइर्, सुवर्ण र देवताल गाउँपालिकाको ४४  वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :बैशाख १०, २०८० आइतवार - ११:०१:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको