Logo

बिहिवार, श्रावण १४ गते २०८३

तनहुँ क्षेत्र– १उपनिर्वाचनमा शान्तिपूर्ण मतदान सम्पन्न!!!!!!

तनहुँ क्षेत्र– १उपनिर्वाचनमा शान्तिपूर्ण मतदान सम्पन्न!!!!!!

जोईन खबर

१०, बैशाख २०८०
  • 742
    SHARES
  • तनहुँ क्षेत्र– १उपनिर्वाचनमा  शान्तिपूर्ण मतदान  सम्पन्न!!!!!!

    १० बैशाख काठमाडौ। तनहुँ–१मा उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। क्षेत्र नम्बर १ अन्तर्गतका पाँच वटा पालिकामा ६९ मतदानस्थलका १५२ मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो। ‘‘

    images

    हाल मतपेटिका गणनास्थल दमौलीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा ल्याउने तयारी भइरहेको  छ।सर्वदलीय बैठक बसेर आज रातिदेखि नै मतगणना गर्ने गरी तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

     सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा (एमाले)बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा हुनुहुन्छ।

    प्रकाशित मिति :बैशाख १०, २०८० आइतवार - १८:१०:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको