राष्ट्रिय पुरस्कारमा सहभागी हुन २०८० वैशाख ३० गतेभित्र र विशेष चलचित्रको प्रतिस्पर्धामा सहभागी हुन २०८० वैशाख २४ गतेभित्र आवेदन दिईसक्नुपर्नेछ । प्रवक्ता बुढाथोकीले निर्धारित समयसीमाभित्र आफ्ना चलचित्रहरुलाई बोर्डको कार्यालयमा आवेदन दिएर प्रतिस्पर्धामा सहभागी गराउन फिल्म मेकरलाई अपिल गर्नुभएको हो ।

उत्कृष्ट लेखन ९कथा, पटकथा तथा सम्वाद०, उत्कृष्ट छायाङ्कन, उत्कृष्ट सम्पादन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक र उत्कृष्ट चलचित्रलाई राष्ट्रिय चलचित्र पुरस्कार प्रदान हुने गर्दछ । उल्लेखित विधाहरु बाहेक निर्णायक समितिलाई अभूतपूर्व लागेमा बढीमा दुई विधामा समेत पुरस्कारका लागि सिफारिस हुनेछ । बोर्डले आफ्नो वार्षिकोत्सवको अवसरमा राष्ट्र प्रमुखबाट राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ ।