तनहुँ १ मा २० वडाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता सँगै अहिलेसम्म २७ हजार ४४ मतगणना भएको छ।
२० वडाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता भएको कुरा निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो । रास्वपाका उम्मेदवार डा. स्वर्णिमले १३ हजार सात सय ४९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८ हजार ३६ मत एमालेका सर्वेन्द्र खनाल ४ हजार ३ सय ९५ मत ल्याएका छन्।