११ वैशाख काठमाडौ। बारा क्षेत्र नं २ मा उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् ।अघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन् ।
अहिलेको मत परिणाम अनुसार जनमत पार्टीका शिवचन्द्र कुशवाहले ६०१, मत जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१, मत नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६, मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिए ।

