१२ बैशाख काठमाडौ। बारा क्षेत्र न २ को बिहान ८ बजेसम्म भएको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै छ ।
यादवले १० हजार ४७८ मत जनमत पार्टीका शिवचन्द्रप्रसादले सात हजार ४० मत नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम चार हजार १४४ मत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेशप्रसादएक हजार ८८३ मत आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ५९९ ल्याई पाँचौँ स्थानमा रहनुभएको छ ।