Logo

बिहिवार, श्रावण १४ गते २०८३

तनहुँ वासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. स्वर्णिम वाग्ले

तनहुँ वासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. स्वर्णिम वाग्ले

जोईन खबर

१२, बैशाख २०८०
  • 682
    SHARES
  • तनहुँ वासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. स्वर्णिम वाग्ले

    १२ बैशाख काठमाडौ। तनहुँ क्षेत्र १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ। मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले  कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा. वाग्लेलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

    images

    डा. वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भए। सो अवसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।  

    डा. वाग्लेले जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताए। नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको जनाउँदै सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउने बताए। 

    मुख्य निर्वाचन अधिकृत आचार्यले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरे।  प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । 

     

    प्रकाशित मिति :बैशाख १२, २०८० मंगलवार - १६:०२:२९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको