Logo

बिहिवार, श्रावण १४ गते २०८३

बारा क्षेत्र नं-२ उपनिर्वाचन मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खरेलको जमानत जफत!!!!

बारा क्षेत्र नं-२ उपनिर्वाचन मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खरेलको जमानत जफत!!!!

जोईन खबर

१३, बैशाख २०८०
  • 727
    SHARES
  • बारा क्षेत्र नं-२ उपनिर्वाचन मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खरेलको जमानत जफत!!!!

    १३ बैशाख काठमाडौ। बारा क्षेत्र नं २ उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ । आइतबार सम्पन्न भएको उपनिर्वाचनमा १० प्रतिशत मत नकटाउने उम्मेदवारको जमानत जफत गरेको हो ।

    images

    निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। आइतबार भएको उपनिर्वाचनको बुधबार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८२९ मत पाएका छन्।

    बारा-२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र दस प्रतिशत मत कटाएका छन्। बारा-२ बाट जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मतसहित निर्वाचित नागरिक उन्मुक्ति पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए  छन्। 

     

    प्रकाशित मिति :बैशाख १३, २०८० बुधवार - १०:४२:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको