१५ बैशाख काठमाडौ।लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र मन्त्रीहरु धनबहादुर मास्की राना, धर्मबहादुर चौधरी र सन्तोष पाण्डेलाईतीन जना बिना विभागीय मन्त्रीहरुले शपथ लिनुभएको हो ।
प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउनुभएको हो ।बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ , राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एक र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थनबाट मुख्यमन्त्री भएका हुन्।