Logo

बिहिवार, श्रावण १४ गते २०८३

अयोग्य लडाकूलाई पैसा दिने निर्णय खारेज हुनुपर्छ :  प्रतिनिधि सभा बैठकमा नेकपा एमाले

अयोग्य लडाकूलाई पैसा दिने निर्णय खारेज हुनुपर्छ :  प्रतिनिधि सभा बैठकमा नेकपा एमाले

जोईन खबर

१५, बैशाख २०८०
  • 676
    SHARES
  • अयोग्य लडाकूलाई पैसा दिने निर्णय खारेज हुनुपर्छ :  प्रतिनिधि सभा बैठकमा नेकपा एमाले

    १५ बैशाख काठमाडौ। प्रतिनिधि सभा बैठक सुरू हुनेवित्तिकै नेकपा एमालेले अयोग्य लडाकूलाई पैसा दिने सरकारको निर्णय खारेज हुनुपर्ने अडान राखेको छ।सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम  गिरीले माओवादीका पूर्वअयोग्य लडाकूलाई सरकारले २ लाखका दरले रकम दिने निर्णय गरेकोले त्यो खारेज हुनुपर्ने बताए।

    images

    माओवादीले लडाकूका नाममा ९५ करोड रूपैयाँ लगेको पनि उनले बताए। ‘त्यो पैसा कहाँ गयो, महालेखाले प्रतिवेदनमा प्रश्न उठाएको छ,’ उनले भने, ‘गरिबले नून किनेर खाने अवस्था छैन। राज्यकोषको दोहन गर्ने? तत्काल यो लडाकूलाई पैसा दिने निर्णय खारेज होस्।

    अयोग्य लडाकूलाई कार्यविधि बनाएर आर्थिक सहयोग गर्ने निर्णय गत चैत ६ को मन्त्रिपरिषद बैठकबाट भएको थियो। गृह मन्त्रालयले गत वैशाख ६ गते अयोग्य लडाकूका लागि राहत दिनेसम्बन्धी कार्यविधि नै जारी गरेको थियो।

     

     

     

    प्रकाशित मिति :बैशाख १५, २०८० शुक्रवार - १४:४५:२८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको