१७ बैशाख काठमाडौ। लडाकुलाई दुई लाख दिने निर्णयको विरोध गर्न नहुने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्।जनकपुरधाममा आइतबार आयोजित जिल्लाको शान्ति सुरक्षासम्बन्धी छलफल कार्यक्रमपछि पत्रकारहरूसँगको कुराकानीमा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।मन्त्री श्रेष्ठले सर्वोच्च अदालतमा पुगेर बहसको विषय बनी अदालतले स्वीकृति दिएको विषयलाई गलत प्रचारबाजी गरिएको दाबी गरे।
प्रहरी समायोजन कहिले गर्नुहुन्छ भन्ने प्रश्नमा गृहमन्त्री श्रेष्ठले भने, ‘सङ्घीयताको मर्मअनुसार प्रहरी समायोजन अघि बढाउँछौँ। प्रदेश सरकारले प्रहरीलाई निर्देशन, समन्वय र परिचालन गर्नै सक्दैन भन्ने मुख्यमन्त्रीको तर्क चित बुझ्दो छैन।
राष्ट्र र जनताको सेवाका लागि प्रहरी प्रशासनले भ्रष्टाचार र अनियमितता नियन्त्रण, मिटरब्याज, समस्या, समाधान गर्न र पीडितलाई न्याय, दलितलाई हुने विभेद, महिला हिंसा, लागु औषधका साथै अन्य अपराधविरुद्ध सङ्कल्प लिइएको गृहमन्त्री श्रेष्ठले बताए।