२० बैशाख काठमाडौ।एमालेका अध्यक्ष ओलीले रास्वपाका सभापति लामिछानेलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ दलको बैठक प्रधानमन्त्रीको सचिवालयले बुधबारका लागि ६ दलको बैठक बोलाएको पुष्टी गरेका छन् ।
रास्वपालाई सरकारमा ल्याउने विषयमा सत्तारुढ दलहरु सकारात्मक भए पनि पाईसकेको मन्त्रालय नछोड्ने भन्दै दलहरु सन्तुष्ट छैनन् । तर प्रचण्डले भने आफ्नो भागमा परेको गृह मन्त्रालय, नेपाली काँग्रेसको भागमा परेर हाल रिक्त रहेको स्वास्थ्य मन्त्रालय र अर्को एक मन्त्रालय दिएर रास्वपालाई सरकारमा सहभागी गराउने प्रस्ताव गरेका छन् । रास्वपालाई सरकारमा ल्याउँदा राजनीतिक र संसदीय अंकगणित दुवै दृष्टिले गठबन्धन सुरक्षित बन्ने बुझाइ सत्ता गठबन्धनमा छ ।
रास्वपा, जनमत र राष्ट्रिय जनमोर्चा सरकारमा छैनन् । यहि मौकाको फाइदा उठाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले रवि लामिछानेलाई नै प्रधानमन्त्री बन्न प्रस्ताव गरेपछि प्रचण्डले ६ दलको बैठक बोलाएका हुन् ।