Logo

बिहिवार, श्रावण १४ गते २०८३

एमाले सांसद टोपबहादुरको घरमा प्रहरी पुग्यो !!!!

एमाले सांसद टोपबहादुरको घरमा प्रहरी पुग्यो !!!!

जोईन खबर

२६, बैशाख २०८०
  • 664
    SHARES
  • एमाले सांसद टोपबहादुरको घरमा प्रहरी पुग्यो !!!!
    २६ बैशाख काठमाडौ। एमाले सा‌ंसद टोपबहादुर रायमाझीको घरमा प्रहरी पुगे  छ।मंगलबार प्रहरी उनको घरमा खानतलासी गर्न पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। रायमाझीको घर ललितपुरको सातदोबाटोमा छ।उनलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले ७७ वटै जिल्लामा पत्राचार गरेको छ। यस्तै, उनी भारत भागेको हुनसक्ने प्रहरीको आशंका समेत छ।
     
    रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी हुँदा उनी अर्घाखाँचीमा थिए। त्यहाँ कार्यक्रममा उपस्थित रहेका उनले आफूविरूद्ध पुर्जी जारी भएपछि काठमाडौं आएर अनुसन्धानलाई सघाउने बताएका थिए।प्रहरीले अहिलेसम्म यो प्रकरणमा ८ जनालाई पक्राउ गरेको छ। जसमध्ये टोपबहादुरकै छोरा सन्दिप पनि एक हुन्। केशव दुलाल, सानु भण्डारी, टेकनारायण पाण्डे, इन्द्रजित राई, सन्देश शर्मा, सागर राई र टंककुमार गुरूङ प्रहरी हिरासतमा छन्। 

    प्रकाशित मिति :बैशाख २६, २०८० मंगलवार - १६:४५:०५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको